श्री महाकाली आधारभूत विद्यालय

स्थानीय समाजसेवी, शिक्षाविदहरु, बुद्धिजीविहरु, साथै विभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरुको अथक प्रयास पश्चात मिति २०४१/१२/०७ मा योगी श्री १०८ नरहरिनाथ द्वारा श्री चिरञ्जिवी ढकालको अध्यक्षतामा वैदिक वाङ्मयको विकासको लागि श्री महाकाली वैदिक विद्यापिठ नामबाट शिलान्यास भएको थियो । मिति २०४६/१२/२३ मा जिल्ला शिक्षा निरिक्षकको कार्यालय कञ्चनपुरबाट श्री महाकाली प्राथमिक विद्यालय नामबाट प्रा.वि. शिक्षक दरबन्दी सहित सरकारी मान्यता दिईएको पाईन्छ । यो विद्यालय कञ्चनपुरको सदरमुकाम भिमदत्तनगरबाट करीब ५० कि.मी. दक्षिणपूर्व, बेलौरी नगरपालिका-१ मटैया स्थित पर्यटकीय स्थल बन्धातालको पूर्वपट्टी धार्मिक एवम् साँस्कृतिक स्थल विश्वकल्याण कोटिहोम धामको छेवैमा, पुनर्वास नगरपालिका वडा नं. ४ को पश्चिम किनारमा तथा गोकुलपुर-धनगढी मूल सडकको उत्तरतिर रहेको छ । यस विद्यालयको उत्तरतर्फ अंशुबर्माबस्ती रहेको छ । हाल यस विद्यालयमा दुई ओटा स्वीकृत शिक्षक दरबन्दी, एउटा बालविकास दरबन्दी र एउटा कार्यालय सहयोगीको दरबन्दी गरी जम्मा ४ ओटा दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ४ मा रहेकाले कोटिहोम गाउँका विद्यार्थी, पुनर्वास नगरपालिका वडा नं. १ अंशुबर्माबस्ती र बेलौरी नगरपालिका वडा नं. १ मटैयाका बालबालिकाहरुका लागि यो विद्यालय पठनपाठनका लागि पायक पर्ने स्थानमा रहेको छ ।
सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८४८८१५६८५

श्री महाकाली आधारभूत विद्यालय
श्री महाकाली आधारभूत विद्यालय
श्री महाकाली आधारभूत विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।